२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

नेपाल र भारतका टोली सम्मिलित क्रिकेट खेल प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्था

फाइल : तस्बिर

रासस

मोरङ । प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित मिल्स कप क्रिकेटु प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ ।

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीद्वारा आयोजित प्रतियोगितामा नेपालका र भारतका १६ टोली सम्मिलित खेल विराटनगर जुट मिल मैदानमा हुने छ । एकेडेमीका अध्यक्ष मुरारी चौधरीले नक आउट आधारमा टी–२० क्रिकेट प्रतियागितामा कटिहार क्रिकेट क्लब भारत, जोगबनी क्रिकेट क्लब भारत, भैरहवा क्रिकेट क्लब, जनकपुर क्रिकेट क्लब, बोस्टन क्रिकेट क्लब झापा, होराइजन क्रिकेट क्लब विराटनगर, विराट क्रिकेट क्लब एन्ड एकेडेमी विराटनगर, मिल्स क्रिकेट क्लब विराटनगर रहेको जानकारी दिनुभयो ।

यसैगरी पूर्णिया क्रिकेट क्लब भारत, कानपुर क्रिकेट क्लब भारत, काठमाण्डौ क्रिकेट क्लब, सिरहा क्रिकेट क्लब, सुनसरी–११ क्रिकेट क्लब, पूर्वाञ्चल क्रिकेट क्लब विराटनगर, प्याट्रिक क्रिकेट क्लब झापा, एमसीसीए विराटनगर गरी १६ टोलीको सहभागिता रहने छ ।

प्रतियोगिताका विजयी हुने टोलीलाई नगद एक लाख ११ हजार, दोस्रोलाई ५१ हजार रुपैयाँ र अन्य विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com