२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई संघीय सरकारले बनाउने छ : खेलकुद मन्त्री महेश्वर

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई संघीय सरकारले बनाउने बताएका छन् ।

विहीबार चितवनमा रंगशालाका विषयमा भरतपुर महानगरपालिकाले गरेको छलफल कार्यक्रममा उनले लगानीको स्रोत पहिचान गरेर निर्माणका बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री गहतराजले कुन मोडलमा बनाउने भन्नेबारे छिट्टै टुंग्याउने पनि जानकारी दिए । कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरपालिकाले थुप्रै सहयोग गर्दागर्दै पनि धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माण गर्न नसक्ने भनेकाले दायित्व लिन महानगर रहेको बताइन् ।

१७ करोड ऋण लागेको भन्दै फाउन्डेसनले गत ४ महिनायता रंगशाला निर्माणका कुनै पनि काम अघि बढाएको छैन । मन्त्री गहतराजले विहीबार नै रंगशालाको अवस्थाको स्थलगत अनुगमन पनि गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com