२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

हिमालयन शेर्पा र पुलिसको खेल बराबरीमा सकियो

काठमाण्डौ – शहीद स्मारक :ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधवार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरको दशरथ रङ्गशाला मैदानमा भएको खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको ५३ औँ सेकेन्डमा कप्तान विश्वास श्रेष्ठले गोल गरेर हिमालयन शेर्पाले खेलमा पहिलो अग्रता लियो । मैदानको मध्य भागमा अलरिच सिवे र विश्वासको समन्वयमा बनेको मुभमा विश्वासको पेनाल्टी बक्सबाहिरको प्रहार पुलिसका गोलरक्षक शत्रुघनकुमार चौधरीलाई लाग्दै गोलमा परिणत भएको थियो ।

पुलिस क्लबले भने खेलको दोस्रो हाफमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्यायो । खेलको ६० औँ मिनेटमा रवि पासवानको पासमा सुमन लामाले झन्डै सिक्स यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो ।

यो बराबरीसँगै पुलिसले तीन खेलमा पाँच अङ्क जोडेको छ । अङ्क तालिकामा पुलिस चौथो स्थानमा उक्लिएको छ । त्यस्तै हिमालयन शेर्पाले तीन खेलमा दुई अङ्क जोडेको छ । हिमालयन शेर्पा लिगको १२ औँ स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com