२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

आज आयरल्याण्डसँग खेल्दा टेस्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्ने दाऊमा नेपाल

काठमाडौं। नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । ​जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सुपरसिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौं स्थानका लागि खेल्न लागेका हुन । सो खेल हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुने छ ।

नेपालले टेस्ट राष्ट्रविरुद्ध एक दिवसीय खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि टेस्ट राष्ट्रविरुद्ध भएको दुवै खेलमा नेपाल पराजित हुन पुगेको थियो ।

नेपालले विश्वकप छनोटमा समूह चरणमा टेस्ट राष्ट्रविरुद्धको खेलमा आयोजक जिम्बाब्वे र वेस्ट इन्डिजविरुद्ध हार बेहोरेको थियो । आज तेस्रो टोलीसँग खेल्न लागेको नेपालले आफनो जादु देखाउने अपेक्षा गरिएको छ ।

नेपालले आयरल्यान्डविरुद्ध जित निकाल्न सके टेस्ट राष्ट्रविरुद्ध पहिलो जित हुने छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com