२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट

श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट

श्रीलङ्का । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गरेकी छिन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा श्रीलङ्काका प्रधानमन्त्री गुणबद्र्धनेले नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको उल्लेख गर्दै आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका आफ्ना समकक्षी एमयूएम अली सब्रिसँग भेट गरेकी थिइन् ।
शुक्रबार नै उनी श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रममा सहभागी भएकी थिइन् । परराष्ट्रमन्त्री पौड्याल आज बिहान सूर्योदयसँगै श्रीलङ्काको स्वतन्त्रता दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी भएकी छिन् । उनले आज दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्नेछिन् ।रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com