२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

२० वर्ष सेवा गरेका प्राध्यापकहरु सम्मानित

२० वर्ष सेवा गरेका प्राध्यापकहरु सम्मानित

जनसेवा न्युज डटकम संवाददाता

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २१ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १४ औ वर्षमा प्रवेशको अवसरमा शुक्रबार २० वर्ष सेवा गर्ने कर्मचारी, प्राध्यापकहरुलाई सम्मानपत्र प्रदान गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ९रोहित० ले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् । साथै विजुक्छेंले वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताहरुका विजेताहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा बिजुक्छेँले विभिन्न विश्वविद्यालयबारे अध्ययन तथा छलफल गर्नु आवश्यक भएको बताए । उनले शैक्षिक संस्थाहरूमा तालाबन्दी, तोडफोडका घटनाहरू हुन नहुनेमा जोड दिए । प्राध्यापकहरूले विद्यार्थीहरूलाई वैचारिक संघर्ष गर्न सिकाउनुपर्ने आवश्यकता उनले औंल्याए ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदारीकरणको नाउँमा शिक्षालाई निजीकरण गरिँदा गरिब जनताका छोराछोरीहरूका लागि उच्च शिक्षा हासिल गर्नु चुनौतीपूर्ण बन्दै गइरहेको बताए । उनले शिक्षाको लागि मात्रै देशको झण्डै १ खर्ब रुपैयाँ बाहिरिने गरेको तथ्यांक प्रस्तुत गर्दै देशका सबै कलेज र विश्वविद्यालयहरू स्तरीय भइदिएको भए पढाइको निम्ति विदेशिने विद्यार्थीको संख्या घट्दै जाने बताए ।

शिक्षा राज्यको दायित्व हुनुपर्छ भन्ने हाम्रो मान्यता छ भन्दै उनले देशभरिका निजी शैक्षिक संस्थाहरू सञ्चालनमा रहेको अवस्थामा भक्तपुर नपाबाट सञ्चालित कलेजहरू सफलतापूर्वक अगाडि बढिरहेको सबैको लागि उपलब्धीपूर्ण भएको बताए । बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नपाका कलेजहरू देशकै सौन्दर्यको रुपमा उभिएको बताउँदै ख्वप सर्कलका शैक्षिक संस्थाहरू जनताको आशाको केन्द्रको रुपमा स्थापित भएको बताए । उनले सिद्धान्त र विचार विनाको राजनीतिको कुनै अर्थ नभएको बताउँदै सांसद गोसाईले शासक दल पद र पैसाकै राजनीति वरपर घुमिरहेको छ जुन देश र जनताको हितमा नभएको बताए । देशघाती सन्धि सम्झौता र अन्यायको विरोधमा नेमकिपाको संघर्ष जारी रहने उनले बताए ।

त्यस्तै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले इन्जिनियरिङ क्षेत्रमा आमूल परिवर्तनको काम ख्वप इन्जिनियरिङ कलेजबाट भएको बताउँदै नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरू देश र जनताको सेवामा समर्पित भएको बताइन् । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा।डा। शशिधरराम जोशीले इन्जिनियरिङ विषय आफैंमा उच्च गतिमा विकास भइरहेको बताउँदै इन्जिनियरिङ शिक्षाले देशको विकासमा पनि तीव्रता दिइरहेको प्रष्ट पारे ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन प्रा।इ। देवीप्रसाद भट्टराईले समुदायमा आधारित ख्वप इन्जिनियरिङ कलेजले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउँदै कलेजको शैक्षिक र भौतिक अवस्था प्रशंसनीय भएको बताए । कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com