२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

गृह मन्त्रालय नपाएको झोकमा सरकारबाट बाहिरिने रास्वपाको निर्णय

गृह मन्त्रालय नपाएको झोकमा सरकारबाट बाहिरिने रास्वपाको निर्णय

२२ काठमाडौं । गृह मन्त्रालय नपाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने निर्णय गरेको हो । बैठकपछि सभापति रवि लामिछानेले पनि डेलिभरी गर्ने मन्त्रालय नपाएपछि सरकार छाड्ने निर्णय गरेको बताए ।

‘सरकारमा जाने म्याण्डेट पाएका थिएनौं । तर गृह, श्रम तथा रोजगार जस्ता काम गर्ने मन्त्रालय पाएपछि गएका हौं’, उनले भने । रास्वपाबाट लामिछाने उपप्रधानमन्त्री तथा गृह, डीपी अर्याल श्रम, शिखिर खनाल शिक्षामन्त्री भएका थिए भने डा। तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी थिइन् ।

तर नागरिकता विवादमा सर्वोच्च अदालतले १३ माघमा सांसद पद खारेज गरेसँगै रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री पदबाट पदमुक्त भए । दुई दिनपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएका रविले उपप्रधानमन्त्री तथा गृहमन्त्री फर्किन चाहे । आफू प्रक्रियागत कारणले मात्र पदमुक्त भएकाले फेरि गृहमन्त्रीमा फर्किन चाहेको रविले बताएका छन् । उनले भने, ‘राखिहाल्छ कि भन्ने आश थियो ।’

तर सञ्चारमाध्यमले निरन्तर खेदेर मन्त्री हुन नदिएको उनको आरोप छ । पार्टीका अरु सांसदलाई गृह मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड तयार नभएको पनि लामिछानेले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com