२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

आगामी हुने तीनै तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेर जाने : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी हुने तीनै तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेर जाने बताएका छन् ।
मंगलबार रामेछापका युवाहरूलाई पार्टीमा प्रवेश गराउदै अध्यक्ष नेपालले आगामी २०७९ चैतभित्र हुने तीनै तहको चुनावमा पाँच दल मिलेर जाने बताएका हुन् ।
अध्यक्ष नेपालले चुनाव चैत वा वैशाखमा हुन सक्नेबारे बहस भइरहेको पनि बताएका छन् । उनका अनुसार संविधानमा ०७९ को चैतसम्म तीनै तहको निर्वाचन हुनुपर्छ ।

उनले भने, ‘पाँच दल मिलेर चुनावमा जान्छौं । कात्तिक, मंसिरतिर केन्द्र, प्रदेश र स्थानीय तहको चुनावमा जान सकिन्छ।’
अध्यक्ष नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट आशा गर्ने ठाउँ नरहेको पनि बताएका छन् । ‘प्रतिपक्षबाट आशा गर्ने ठाउँ रहेन । हामी लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न, गणतन्त्र बलियो बनाउन र विकासको नयाँ अभियान अगाडि बढाउन चाहेका छौं।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com