२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

एपीएफ र न्यु डायमण्ड फाइनलमा

एपीएफ र न्यु डायमण्ड फाइनलमा

काठमाडौं– विभागीय टोली एपीएफ र न्यु डायमण्ड युथ स्पोटर््स क्लव राजधानीमा जार छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आईतवार सम्पन्न खेलमा एपीएफले त्रिभुवन आर्मी क्लवलाई र न्यु डायमण्डले नेपाल पुलिस क्लबको चुनौती समाप्त गर्दै उपाधि नजिक पुगेका हुन् । एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दा न्यु डायमण्डले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

फाइनलमा एपीएफसँगको भेट पक्का गर्ने क्रममा न्यु डायमण्डले सुरुवाती सेट गुमाएपनि त्यसपछि सानदार प्रदर्शन गर्दै पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा एक खेल बाँकी रहँदै फाइनलमा पुगेको हो । डायमण्डको जितले एपिएफले पनि एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।

पहिलो सेट डायमण्डले २२–२५ ले गुमाउन पुगेको थियो ।शुरुवातदेखि नै पछि परेको डायमण्डले पुनरागमन प्रयास गरेपनि जित असफल भएको थियो । तर त्यसपछिका सेटमा भने राम्रो प्रदर्शन गर्दै अगाडि बढेको थियो । दोस्रो सेटमा डायमण्डले २५–१५ को सहज जित निकाल्दै खेल १–१ को बराबरीमा पुगेको थियो । तेस्रो सेटमा १०–१६ ले पछि रहेको डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै २५–२२ को जित निकाल्दा चौथो सेटमा भने शुरुवातदेखि नै अग्रता लिँदै डायमण्डले २५–१९ को सहज जित निकाल्न सफल भयो । डायमण्डकी स्पाइकर प्रतिभा माली प्लेयर अफ दि म्याच घोषित भइन् । जितसँगै डायमण्डको २ खेलबाट ६ अंक पुगेको छ । पुलिसले दुई खेलबाट अंकको खाता खोल्न सकेको छैन । एपीएफको पनि ६ अंक छ । पुलिस र आर्मीले दुई खेल सकिँदासम्म तालिकामा कुनै अंक जोड्न सकेको छैन ।

प्रतियोगिता अन्तर्गत आईतबार नै सम्पन्न दिनको पहिलो खेलमा एपिएफले आर्मीलाई साझो सेटमा स्तब्ध बनायो । पहिलो सेट २५–१७ ले जितेको एपीएफले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । प्रतियोगितामा सोमवार लिग चरणका अन्तिम खेलमा प्रतिष्पर्धा हुँदैछ । पहिलो खेलमा एपीएफ र डायमण्ड तथा दोस्रो खेलमा पुलिस र आर्मीबीच प्रतिष्पर्धा हुनेछ । यस खेलबाट तालिकामा शीर्ष चारको टोलीको टुङ्गो लाग्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com