२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

रास्वपाले सरकारबाट हात झिक्दा सात दलीय गठबन्धनमा धक्का

रास्वपाले सरकारबाट हात झिक्दा सात दलीय गठबन्धनमा धक्का

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सातदलीय गठबन्धनको प्रचण्ड सरकारबाट डेढ महिना नपुग्दै बाहिरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकको निर्णयपछि पत्रकार सम्मेलन गरेर सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राखेर सरकारबाट बाहिरिएको घोषणा गरे । रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारमा धक्का पुगेको छ ।

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले सांसद र मन्त्री पद नरहने निर्णय गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः नागरिकता प्रमाणपत्र लिएर गृहकै दौडमा लागेका थिए । उनले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुक्रबार नै बैठक बसेर सरकार छाड्ने चेतावनी दिए पनि प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि दुई दिन पर्खने निर्णय गरेको थियो ।

गैरसांसदलाई पुनः मन्त्री दिन नसकिने तर्कसहित नेकपा माओवादीले गृह मन्त्रालय आफैंले राख्ने बताएसँगै लामिछाने गृह मन्त्रालयकै लागि भौँतारिँदै नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेट्न पटकपटक पुगेका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com