२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत

कैलाली- सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत गुमाएका छन् ।

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि गरेको प्रस्तावको पक्षमा एमालेका १०, माओवादी केन्द्रका १० र राप्रपाका एक गरी २१ जनाले मात्र मतदान गरे । विश्वासको मत प्राप्त गर्न २७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

यो संगै एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो।

बिहीबार अपराह्न बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए । तर, विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ ।

टीकापुर घटनाका कैदीबन्दीहरूलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णयपछि सरकार ढलेको हो । टीकापुर घटनाका कैदीबन्दीहरूलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पाटीले निर्णय गरेको थियो । उक्त पार्टीका ७ सांसद काठमाडौंमा छन् । आजको प्रदेश सभा बैठकमा सहभागी भएनन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता थियो । संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्री बनेका रावलले ३० दिन भित्र विश्वासको मत लिन नसकेपछि धारा (३) अनुसार ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था रहेको छ । यही व्यवस्था अनुसार कांग्रेसका कमल शाह भावी मुख्यमन्त्री बन्नेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com