२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

ककनी गाउँपालिका का अमृत बलामीलाई पालिकाले दिए साढे २ लाख  छात्रवृति रकम

ककनी गाउँपालिका का अमृत बलामीलाई पालिकाले दिए साढे २ लाख  छात्रवृति रकम

नुवाकोटको । ककनी गाँउपालिकाले एक विद्यार्थीलाई इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिएको छ । पालिकाभित्रका विद्यालयबाट एसईई उत्तीर्ण भइ डाक्टर र इन्जिनियर अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने पूर्वघोषणा अनुसार छात्रवृत्ति प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जनले बताउनुभयो ।

ककनी गाउँपालिका वडा नम्बर २ का अमृत बलामीले पालिकाले दिएको छात्रवृति रकम पाउनुभएको हो । उहाँ नी इन्जिनियर पढ्नका निम्ति छात्रवृत्ति बापत रकम प्रदान गरेको छ । बलामि हाल कोसमोस कलेज ललितपुरमा इन्जिनियरिङ अध्ययनरत हुनुहुन्छ ।

बलामीलाई गाउँपालिकाकी उपाध्यक्ष मिठुमाया तामाङले पालिकाले उपलब्ध गराएको छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्दै अध्ययनमा सफलताको कामना गर्नुभयो । विद्यार्थीले उच्च शिक्षा सकेपछि आफ्नो गाउँठाउँको विकासका लागि अग्रसर हुने विश्वास उहाँको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com