२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

सत्ता गठबन्धनबाटै राष्ट्रपति निर्वाचित हुन्छ : जनार्दन शर्मा

सत्ता गठबन्धनबाटै राष्ट्रपति निर्वाचित हुन्छ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।

शुक्रबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल नभएको बताए । राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्ने र गठबन्धनबाटै सहमति खोजिने उनको भनाइ छ । उनले अहिले सत्ता गठबन्धनभित्र कुनै समस्या नभएको दाबी गरे ।

यता माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले भने भविष्यमा हुने दुर्घटना रोक्नका लागि गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने सम्भावना बढी रहेको बताए । सामाजिक सेवामा काम गरेको, मुलुक प्रति प्रतिबद्ध हुनेलाई राष्ट्रपति बनाउनुपर्ने उनको भनाइ छ ।​

सबै राजनीतिक दलहरू एक ठाउँमा आउनका लागि छलफल चलिरहेको उनको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com