२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

लागूऔषधसहित १८ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट लागूऔषधसहित १८ जना पक्राउ परेका छन् । प्रहरीले दिएको जानकारीअनुसार उनीहरू बाँके, कैलाली र बाराका विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।

बाँके, नेपालगंज उपमहानगरपालिका–१ वाटर पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५० ग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुकुम(पश्चिम) सानोभेरी नगरपालिका–१० बस्ने २८ वर्षीय तिलक डाँगी, सोही नगरपालिका–५ बस्ने बिनोदकुमार गौतम र ३३ वर्षीय सोनिराम केसी रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका–६ बड्याहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १२० मिलिग्रामसहित गोदावरी नगरपालिका–६ बस्ने २५ वर्षीय गोपाल चौधरीसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टीकापुर नगरपालिका–१ साथी अस्पताल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६३० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–२ डाँडा बस्ने १९ वर्षीय सागर काफ्ले र लम्की चुहा नगरपालिका–१ पूर्व लम्की बस्ने १९ वर्षीय लोकेश शाही रहेका छन् ।

ईलाका प्रहरी कार्यालय टीकारपुरबाट खटिएको प्रहरीले प्रदेश ३–०२ ००६ प ६४१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ५०० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–७ बस्ने १८ वर्षीय किशोर र गोदावरी नगरपालिका–५ बस्ने १८ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले सु.प.प्र.१–१०प ४३९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–६ बस्ने २० वर्षीय रामभजन राना र २४ वर्षीय प्रकाश रानालाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले प्रदेश ०३०२–००१ प ११४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको  ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ७ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–११ बस्ने २६ वर्षीय किरण जोशी र सोही ठाउँ बस्ने २२ वर्षीय रविन चौधरी रहेका छन् । सु.प.प्र.०१००९ प २४०१ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

बारा, निजगढ नगरपालिका–११ पूर्व टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित सोही नगरपालिका–१२ बुङ्जोर बस्ने २३ वर्षीय विजय गोलेलाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com