२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

‘प्रेमा’ टिजर सार्वजनिक : शुभेक्षा र सृष्टिको मायामा अरुण

messenger sharing button

काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को टिजर सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात् ३१ मार्चमा रिलिज हुँदैछ ।

टिजरमा फिल्मका प्रमुख तीन कलाकार शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड छन् । टिजरमा आकाशको भूमिकामा देखिएका अरुणले शीर्ष चरित्र प्रेमा अर्थात् शुभेक्षालाई मनपराएको देखाइएको छ । तर शुभेक्षाले भने भित्री रुपमा अरुणलाई मनपराए पनि बाहिरी रुपबाट भने वास्ता नगरेको टिजरमा देख्न सकिन्छ । अरुण र शुभेक्षाको संवादमा अरुणले प्रेमभाव व्यक्त गर्दा शुभेक्षाले केही रिस र केही खुसी मिश्रित अनुहारमा ‘कसो छ आलोकाच्चो मुल्या’ भनेको संवाद राम्रो सुनिएको छ । जुन दर्शकका लागि फरक लाग्नसक्छ ।

 

टिजरको अन्तिमतिर सृष्टिको आगमनबाट शुभेक्षा केही सशंकित देखिन्छिन् । किनकि टिजरमा सृष्टिसँग अरुण र शुभेक्षाको भेट हुँदा शुभेक्षाले अरुणलाई तानेर लगेकी छन् । जुन दृश्य हेरेर सृष्टि हाँसेकी छन् ।

टिजरमा शुभेक्षालाई साधारण र सुन्दर युवतीको रुपमा देखाइएको छ । सृष्टिलाई बोल्ड र सहरीया शैलीमा प्रस्तुत गरिएको छ । अरुणलाई सहरको साधारण पात्रको रुपमा देखाइएको छ । जुन उसको पहिरन र संवादले खुलाएको छ ।

टिजर बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ ।

निर्देशक भण्डारीले फिल्मको फस्टलुक सार्वजनिक गर्दा फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताएका थिए । उनको कुरालाई शुक्रबार सार्वजनिक टिजरले पुष्टि गरेको छ ।

फिल्म ‘प्रेमा’ गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल(ध्क्ष्ऋब्)को डीओपी छ ।

फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com