२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

रेशम चौधरीको घर पुगेर मुख्यमन्त्री शाहले भने : रिहा गर्न पहल गर्छु

रेशम चौधरीको घर पुगेर मुख्यमन्त्री शाहले भने : रिहा गर्न पहल गर्छु

कैलाली । मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्टै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको घर पुगेका छन् । जानकी गाउँपालिका ६ जगतपुर पुगेर मुख्यमन्त्री शाहले रेशमलाई रिहा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

रेशमको घर पुगेर आमा सुल्फी देवी चौधरीलाई भेट्दै मुख्यमन्त्री शाहले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको बताउँदै मुख्यमन्त्री शाहले सदियौँदेखिको सामाजिक भाइचारा फर्काउन आफूले पहल गर्ने बताए ।

रेशमको रिहाइ कहिले हुन्छ भन्ने परिवारको जिज्ञासामा मुख्यमन्त्री शाहले केन्द्र सरकारसँग रिहाइको लागि आफूले सक्दो प्रयास गर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com