२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

पीएसजीको सानदार सुरुवात, मेस्सी र नेयमार चम्किए

पीएसजीको सानदार सुरुवात, मेस्सी र नेयमार चम्किए

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सानदार सुरुवात गरेको छ । गएराति भएको खेलमा पीएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को फराकिलो जित निकालेको हो ।

पीएजीलाई सानदार जित दिलाउनको लागि अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र ब्राजिली फरवार्ड नेयमार चम्किए । मेस्सीले दुई गोल गरे भने नेयमारले तीन असिस्टसँगै एक गोल गरे । थप दुई गोल अचरफ हाकिमी र कप्तान मार्किन्हसको नाममा रह्यो ।

खेलको नवौं मिनेटमा नेयमारले मेस्सीको पासमा गोल गर्दै गोल गर्दै पीएजीलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३८औं मिनेटमा कप्तान मार्किन्हसले नेयमारकै पासमा गोल गरेपछि पीसजीले पहिलो हाफमा ३–० को अग्रता लियो ।

दोस्रो हाफमा दुवै गोल मेस्सीले गरे । ८०औं मिनेटमा नेयमारको ह्याट्रिक असिस्टमा मेस्सीले गोल गरेपछि गर्दै ४–० ले अगाडि बढाए । ८६औं मिनेटमा मेस्सीले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गर्दै पिएसजीलाई सानदार जित दिलाए । ग्रोइन इन्ज्युरीका कारण यस खेलमा फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे टोलीमा थिएनन् ।

यो जितसँगै पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com