२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव बीच श्रेष्ठ निवास हात्तीवनमा भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बीच भेटवार्ता भएको छ । श्रेष्ठ निवास हात्तीवनमा दुई नेताबीच भेटघाट भएको हो ।

पूर्वउपप्रधानमन्त्रीद्वयको भेटमा वर्तमान राजनीतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रका निम्ति गर्नुपर्ने कामबारे कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

संघर्षशील शक्तिहरुले यथास्थितिमा आफूलाई नराखेर देशको अहिलेको परिस्थितिलाई सम्बोधन गर्न र सकारात्मक निकास दिन नयाँ पहलकदमी लिनुपर्ने आवश्यकताका बारेमा नयाँ सिराबाट अगाडि बढ्ने बारेमा छलफल भयो,’ श्रेष्ठको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

माओवादी नेता श्रेष्ठले केही दिनयता राजनीतिक भेटघाट बढाइरहेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com