२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

गृहमन्त्रीको छिटै टुंगो लाग्छ : उपप्रधानमन्त्री श्रेष्ठ

गृहमन्त्रीको छिटै टुंगो लाग्छ : उपप्रधानमन्त्री श्रेष्ठ

२९ माघ, गोरखा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले केही दिनमै गृहमन्त्रीको टुङ्गो लाग्ने बताएका छन् ।

आइतबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको राजनीतिक कामको व्यस्तताका कारण गृहमन्त्री नियुक्तिमा ढिलो भएको बताए ।

माअ‍ोवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले सबै पक्षको सहमतिमा राष्ट्रपति चयन गर्न उपयुक्त हुने बताए ।

‘प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसदमा एक प्रकारको राष्ट्रिय सहमति नै देखापर्‍यो, त्यही आधारमा सबै पक्ष मिलाएर सबैको सहमतिमा राष्ट्रपतिको निर्णय गर्नु उपयुक्त हुन्छ’, उनले भने ।

जुनसुकै दलबाट राष्ट्रपति चयन हुन सक्ने भन्दै श्रेष्ठले सहमतिका लागि प्रयास भइरहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com