२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

क्रान्तिकारी कम्युनिस्ट पार्टी बिचको एकता ऐतिहासिक महत्वको छ : मोहन वैद्य

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टीबिचको पार्टी एकता ऐतिहासिक महत्वको भएको विश्लेषण गरेका छन् । कीर्तिपुरमा १० दिनदेखि चलिएरको एकता महाधिवेशनबाट वैद्यको पारित राजनीतिक दस्ताबेजमा पार्टी एकता ऐतिहासिक भएको विश्लेषण गरेका हुन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मसाल) बिच यही २०८१ साल वैशाख १८ गते एकता भएको थियो । यस एकताले नेपाली सर्वहारा वर्ग, क्रान्ति प्रेमी जनसमुदाय र नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी कम्युनिस्टहरूका बिच एकता चाहने शुभेच्छुकहरूलाई उत्साहित तथा प्रसन्न तुल्याएको वैद्यले दस्ताबेजमा लेखेका छन् ।

साथै उनले क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै गए पनि आत्मागत परिस्थिति प्रतिकूल रहेको वर्तमान समयमा यो एकताले क्रान्तिकारी कम्युनिस्टहरू गोलबन्द बन्दै छन् भन्ने नयाँ सन्देश प्रवाहित गरेको उल्लेख गरेका छन् ।

‘वस्तुतः नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध तुल्याउँदै क्रान्तिलाई नयाँ र सशक्त ढङ्गले अगाडि बढाउने दिशामा यस एकताको विशेष ऐतिहासिक महत्त्व रहेको छ । यो पार्टी एकता ऐतिहासिक आवश्यकताको अभिव्यक्ति हो ’, वैद्यको दस्ताबेजमा छ । उनले एकताका विचारधारात्मक, राजनीतिक तथा सांगठनिक आधार एवम् मान्यताका ८ आधार प्रस्तुत गरेका छन् ।

१. मार्क्सवाद–लेनिनवाद–माओवादमा विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्ने ।

२. नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्ने ।

३. नयाँ जनवादलाई आम तथा वैज्ञानिक समाजवादलाई आधारभूत कार्यक्रम र साम्यवादलाई अन्तिम लक्ष्यका रूपमा अङ्गीकार गर्ने ।

४. क्रान्तिमा बल प्रयोगको भूमिकालाई स्वीकार गर्ने र त्यससम्बन्धी मान्यतालाई विकसित तुल्याउने ।

५. सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्तलाई अवलम्बन गर्ने र महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्दै जाने ।

६. सर्वहारा अन्तर्राष्ट्रियतावादलाई स्वीकार गर्ने ।

७. जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार सङ्गठन परिचालन गर्ने ।

८. पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राख्ने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com