२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

नेपालमा थप हवाई रुट खुलाउन भारतीय विदेश सचिवसँग नेता खाणको आग्रह

नेपालमा थप हवाई रुट खुलाउन भारतीय विदेश सचिवसँग नेता खाणको आग्रह

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि सहयोग गर्न भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग आग्रह गरेका छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका नेता खाणले भारतीय सचिव कोत्रासँगको भेटमा सो आग्रह गरेका हुन् । नेपाल भ्रमणमा रहेका क्वात्रा मंगलबार नेता खाणसँग भेटवार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमण आएका बेला थप हवाई रुटबारे पहल गर्ने आश्वासन दिएको स्मरण गराउँदै नेता खाणले त्यसका लागि पहल गर्न सचिव क्वात्रालाई आग्रह गरिएको भारतीय दूतावास स्रोतले जनाएको छ । उनले सो भेटमा लुम्बिनी विकास कोषको गुरुयोजनाको बारेमा पनि स्मरण गराएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण उनले गराएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com