२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

चितवन–२ को उपनिर्वाचका लागि दल दर्ताको आव्हान

चितवन–२ को उपनिर्वाचका लागि दल दर्ताको आव्हान

काठमाडौँ । निर्वाचन आयोगले आगामी १० बैशाखमा हुने उपनिर्वाचतका लागि राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ ।

प्रतिनिधिसभाका तत्कालिन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त रहेको चितवन–२ मा १० बैशाखमा हुन गइरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आव्हान गरेको हो । आयोगका अनुसार १० फागुनदेखि १६ फागुनसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।

‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सबन्धि ऐन २९७३ को दफा ४ बमोजिम संवत २०७९ फागुन १० देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसुची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौँस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सुचित गरिन्छ,’ आयोगद्धारा जारी सूचनामा भनिएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com