२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

राखेप कर्मचारी संघको अध्यक्षमा सरस्वती केसी निर्वाचित

राखेप कर्मचारी संघको अध्यक्षमा सरस्वती केसी निर्वाचित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्, कर्मचारी संघको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित भएकी छन् ।

नेपालगञ्जमा फागुन ४ र ५ गते भएको संघको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।

दुई प्यानल बनाएर निर्वाचनमा गएका कर्मचारीहरुले केसीलाई अध्यक्ष छनौट गर्दा वरिष्ठ उपाध्यक्षमा सुमन घले, उपाध्यक्षमा ध्रुव प्रसाद खनाल र महिला उपाध्यक्षमा पार्वती राई निर्वाचित भएका छन भने महासचिवमा कुमार बस्नेत,उपमहासचिवमा गोपीकृष्ण निरौला, सचिवमा शैलेन्द्र श्रेष्ठ र मिनप्रसाद पोखरेल र कोषाध्यक्षमा रामकृष्ण घिमिरे चयन भएका निर्वाचन अधिकृत महेन्द्र राईले जानकारी दिएका छन् ।

सदस्यहरुमा, रेखा बस्नेत,विमला कार्की,सानुराजा केसी, दोवे तामाङ,पूर्ण कुमार योन्जन, अजुन ब कार्की,ब्रम्हदेव यादव,बिष्णुलाल श्रेष्ठ, अश्विनी कुमार अधिकारी, प्रविन रानामगर, भीमलाल विक, ढाकादेवी पराजुली र दुर्गा बस्नेत चयन भएका छन् ।

कार्यसमितिमा प्रदेश समितिका अध्यक्षहरु केन्द्रिय समितिमा पदेन उपाध्यक्ष रहने छन भने केन्द्रिय समितिले पाच जनालाई मनोनित गर्ने व्यवस्था कर्मचारी संघको विधानमा व्यवस्था रहेको छ । आजै पद हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com