२०८१ बैशाख ३१ - Mon May, 2024 -

Janasewa News

सन्दीप लिग-२ को सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा

सन्दीप लिग-२ को सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा उक्लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका क्रममा स्कटल्यान्डविरुद्ध २ विकेट हात पारेपछि सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा उक्लिएका हुन् ।

सन्दीपले २२ खेलमा ४७ विकेट हात पारिसकेका छन् । उनी अहिले स्कटल्यान्डविरुद्ध बलिङ गरिरहेका छन् । लिग-२ मा ५० विकेट पुरा गर्न सन्दीपलाई केवल ३ विकेटको आवश्यकता रहेको छ ।

लिग-२ मा ३५ खेल खेलका ओमानका विलाल खानले सर्वाधिक ७६ विकेट तथा अमेरिकाका सौरभ नेत्रभाल्कारले ५८ विकेट हात पारेका छन् । सन्दीप तथा ओमानकै जिसन मक्सुदले समान ४७-४७ विकेट हात पारेका छन् ।

नेपालकै करण केसीले ४२ विकेट हात पारेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com