२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

सहमतिमा पुग्यो बालुवाटार बैठक : राष्ट्रपति कांग्रेसलाई दिेने निर्णय

सहमतिमा पुग्यो बालुवाटार बैठक : राष्ट्रपति कांग्रेसलाई दिेने  निर्णय

काठमाडौं– बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति उम्मेदवारका लागि सहमति गरेको छ । जारी बैठकमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको हो।

पुरानो सत्ता गठबन्धनका दलहरूबीच बैठक चलिरहेको बेला थप तीन दल बालुवाटार प्रवेश गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार शक्ति बाँडफाँटका क्रममा कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले बताए ।

अहिले नागरिक उन्मेक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी बालुवाटार प्रवेश गरेका हुन् । पुरानै गठबन्धन ब्युँताउने प्रयासमा रहेका दलहरूबीच सहकार्य गर्न थप पार्टीले साथ दिने यसको संकेत रहेको बुझिएको छ ।

बैठकमा​ प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका थिए । उनले कांग्रेस ठूलो दल भएकाले राष्ट्रपति दिने प्रस्तावमा अन्य दलले समर्थन गरेको ती नेताले बताए । तर, व्यक्तिबारे भने निर्णय गरिएको छैन ।

कांग्रेसले चुनावअघिको गठबन्धन ब्युँताउन खोजेर राष्ट्रपति आफ्नो दलबाट बनाउन चाहेको थियो । यसमा माओवादीलगायत दलहरू सहमतिनजिक पुगेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com