२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

बन्दसूचीबाट नाम हटाउन समयसीमा आजसम्म

बन्दसूचीबाट नाम हटाउन समयसीमा आजसम्म

 

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन तीन दिनको समयसीमा तोकेको छ । आयोगले वैशाख १० गतेभित्र उक्त सूचीबाट नाम फिर्ता लिन राजनीतिक दलहरूलाई समयसीमा तोकेको हो ।

स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुनेछ । २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा नाम रहेका उम्मेदवारको नाम स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता अगावै फिर्ता लिनुपर्नेछ । कानुन बमोजिम बन्दसूचीमा बुझाइएका उम्मेदवारको नाम प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालभर कायम रहनेछ । साथै सूचीमा रहेका व्यक्तिको नाम फिर्ता नभएसम्म एउटै व्यक्ति एकभन्दा बढी निर्वाचनमा भाग लिन नपाउने व्यवस्था छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com