२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

बागमतीमा राप्रपाका मन्त्रीहरूले दिए संयुक्त राजीनामा

बागमतीमा राप्रपाका मन्त्रीहरूले दिए संयुक्त राजीनामा

मकवानपुर । बागमती प्रदेश सरकारलाई समर्थन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिएका छन् ।

प्रदेश सरकारमा सहभागी राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापासहित डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्रीले संयुक्त रूपमा शनिबार मुख्यमन्त्री शालिकराम जमकट्टेल समक्ष राजीनामा बुझाएका हुन् ।

राष्ट्रपतिको उम्मेदवारमा शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन र ससंदीय दलको बैठकले संघीय सरकार र प्रदेश सरकार दुवैबाट बाहिरिने निर्णय गरेको थियो । केन्द्रीय सत्ता समीकरण परिवर्तन भएको र संघीय सरकारमा सहभागी राप्रपाका मन्त्रीहरूले समेत राजीनामा दिएका कारण पार्टीको निर्णय अनुसार नै राजीनामा दिइ प्रदेश सरकारबाट बाहिरिएको संसदीय दलका नेता थापाले प्रतिक्रिया दिए ।

संसदीय दलका नेता थापाले पुस २५ गते मुख्यमन्त्री जमकट्टेलसँगै बिनाविभागिय मन्त्रीका रूपमा शपथ लिएका थिए । उनले माघ ११ गते मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी, ऊर्जा तथा सिँचाइको जिम्मेवारी पाएका हुन् । तामाङ र बिष्टले माघ ११ गतेबाट प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com