२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

राष्ट्रपतिमा रामचन्द्र पौडेलले गराए उम्मेदवारी दर्ता, को–को बसे प्रस्तावक र समर्थक ?

राष्ट्रपतिमा रामचन्द्र पौडेलले गराए उम्मेदवारी दर्ता, को–को बसे प्रस्तावक र समर्थक ?

जनसेवा न्युज डटकम

काठमाडौँ । कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले शनिबार संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् । यस्तै समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।

पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com