२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

कांग्रेसलाई राष्ट्रपति दिन केपी ओलीले नमानेपछि नयाँ गठबन्धन बनाएँ : प्रधानमन्त्री दाहाल

कांग्रेसलाई राष्ट्रपति दिन केपी ओलीले नमानेपछि नयाँ गठबन्धन बनाएँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आठ राजनीतिक दलहरूबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन् ।

उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि आफूले ८ राजनीतिक दलहरूसँग सहमति गरेर अघि बढ्नु परेको स्पष्ट पारे ।

शनिबार काठमाडौंमा आयोजित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई राष्ट्रपति दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेको आग्रह अस्वीकार गरेपछि आफूले नयाँ गठबन्धन बनाएर राष्ट्रिय सहमतिका साथ अघि बढ्ने निर्णय लिएको जिकिर गरे ।

उनले लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णयबाट आफू खुसी र गौरवान्वित भएको समेत बताए ।

प्रधानमन्त्री दाहालले एमाले प्रतिपक्षमा भइसकेको उल्लेख गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेर जाने धारणा राखे ।

प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रको हित प्रतिकूल हुने गरी कहीँ पनि सम्झौता नगर्ने विश्वास समेत व्यक्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com