२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

ओलीले भने, ‘सबै २५ गते थाहा पाउनु हुन्छ’

ओलीले भने, ‘सबै २५ गते थाहा पाउनु हुन्छ’

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सहमति अनुसार नै राष्ट्रपति चयन हुने विश्वास व्यक्त गरेका छन् ।

आठ दलीय गठबन्धन नरेको टिप्पणी गरेका अध्यक्ष ओलीले सहमतिबाट कोही भाग्न नसक्ने पनि बताएका छन् । ओलीले पूर्व सहमति अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति अनुसार नै राष्ट्रपतिमा एमाले उम्मेदवार नेम्वाङलाई समर्थन गर्नेसमेत विश्वाससमेत व्यक्त गरेका छन् ।

‘हाम्रो उम्मेदवार दाउपेचको होइन, पुस १० गते नै टुङ्गो लागिसकेको हो, हामीले बाहिर नल्याएका मात्रै हौँ,’ ओलीले सञ्चारकर्मीसँग भने, ‘सहमति पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएका छौँ, वचनबाट कोही पनि पछि हट्न सक्दैन, ।’

८ दलीय गठबन्धन नै नबनेको जनाउँदै ओलीले हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दललाई मात्र बोलाइएको मात्र टिप्पणी गरेका छन् । ुकेही बिग्रिएको छैन, त्यो २५ गते थाहा पाउनुहुन्छ’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com