२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

बाबुराम-विप्लवका अगाडि प्रचण्डले भने- सम्पूर्ण माओवादी घटकहरू एकतावद्ध हुने बेला भयो

बाबुराम-विप्लवका अगाडि प्रचण्डले भने- सम्पूर्ण माओवादी घटकहरू एकतावद्ध हुने बेला भयो

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण माओवादी घटकहरूलाई एकतावद्ध हुन आग्रह गरेका छन् । आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह रेका हुन् । सबै माओवादीहरू एक ठाउँमा केन्द्रित हुने समय आएको उनको भनाइ छ ।

उनले विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरू समेटेको भन्दै एकअर्काको अनुभवहरूलाई आफ्नै अनुभवको रूपमा लिएर एकतावद्ध हुनुपर्ने बताए । प्रधानमन्त्री दाहालले आफूले एकताका लागि सबै सँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको बताए । ‘समय आएको छ । फेरि हामी माओवादीहरू सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपिल गर्दै आएको छु, उनले भने, शान्ति प्रक्रियापछि माओवादी आन्दोफलन विभिन्न भंगालाहरूतिर विभाजित जस्तो भयो । समय फेरि बग्दै जाँदा ती सबै भंगालाहरू एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो । बाबुरामजीले हासिल गरेका अनुभवहरू, विप्लवजीले हासिल गरेका अनुभवहरू, धर्मेन्द्रजीले हासिल गर्दै हुनुहुन्छ । किरणजीले हासिल गरेका अनुभवहरू यी सबैलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीतामीठा, राम्रा, नराम्रा सबै हाम्रै हुन् भनेर हामीले आत्मसात् गर्न सकेको दिन हामी यति बलियो हुन्छौँ । यति शक्तिशालि हुन्छौँ कि हामीलाई कसैले पनि कमजोर साबित गर्नसक्ने छैन ।’

प्रधानमन्त्री प्रचण्डले आफूमाथि जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न दबाब र घेराबन्दीविरुद्ध लडिरहेको बताए । मोहन वैद्य किरण, डा। बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरू पनि विभिन्न घेराबन्दीविरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने उनले बताए ।

आफूहरू एक हुनु नै सहिद र बेपत्ता योद्धाहरूप्रति इमान्दार भएको ठहरिनु हुने उनको भनाइ छ । ‘मैले जनयुद्धको कमाण्डरको हैसियतले अहिले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न खाले दबाब र घेराबन्दीविरुद्ध म लडिराखेको छु भन्ने छ मलाई । र, मैले के ठान्छु भने विप्लव, बाबुराम, धर्मेन्द्र, किरणजीहरू पनि लडिराख्नु भएकै देख्छु, उनले भने सबै आ–आफ्नै ढंगले हामी लडिराखेकै छौँ । हामी सबै लडाईं लडिराखेका शक्तिहरू एक ठाउँमा केन्द्रित भएर लड्यो भने यो अमर हुनसक्छ । अनि मात्र हामीले शहीद, बेपत्ता योद्धाका सपनाहरूप्रति इमान्दार भएको ठहरिन्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com