२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

अर्जुन र देवको शतकमा कुवेतमाथि नेपालको सानदार जित

अर्जुन र देवको शतकमा कुवेतमाथि नेपालको सानदार जित

काठमाडौँ– युएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत शनिबारको खेलमा नेपालले कुवेतलाई २४३ रनले हराएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३४३ रन बनाएको थियो ।

नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले शतक बनाएका थिए । कुमालले ११२ बलमा १०८ रन बनाएका थिए भने खनालले ११७ बलमा १२५ रन बनाएका थिए । यसबाहेक दीपक बोहोराले १३, विशाल विक्रम क्षेत्रीले २३, दीपक बोहोराले १९ र दीपकप्रसाद डूम्रेले २० रन बनाएका थिए ।

३४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०।५ ओभरमा १० विकेट गुमाउँदै १०० रनमै सीमित भएको थियो । कुवेतका लागि जुड क्रिटोफर साल्धानाले सर्वाधिक २६ रन मात्रै बनाउन सफल भएकाले थिए ।

कुवेतलाई १०० रनमा रोक्न नेपालका आकाश चन्दले सबै भन्दा बढी ६ विकेट लिए । उनले ९।५ ओभरमा ४३ रन खर्चिए ६ विकेट लिएका हुन् । यस्तै हेमन्त धामी र दिपेश कँडेलले समान २–२ विकेट लिएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com