२०८१ आश्विन १८ - Fri Oct, 2024 -

Janasewa News

गुरबाजको शतक र राशिदको ५ विकेटमा अफगानिस्तानलाई ऐतिहासिक सिरिज

काठमाडौं – ओपनर रहमानउल्लाह गुरबाजको शतक र स्पिनर राशिद खानको ५ विकेटमा अफगानिस्तानले दोस्रो ओडीआई खेलमा दक्षिण अफ्रिकालाई १७७ रनको फराकिलो अन्तरले हराउँदै ऐतिहासिक सिरिज उपाधि जितेकोछ ।

तीन खेलको सिरिजमा एक खेल अगावै अफगानिस्तानले सिरिज जितेको हो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध पहिलो पटक सिरिज जित्न सफल भएकोछ ।

३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा १३४ रनमा अल आउट भयो । एक समय दक्षिण अफ्रिका १३.५ ओभरमा ७३-० को अवस्थामा थियो । टेम्बा बभुमा ४७ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा आउट भएपछि लगातार विकेट गुमाएको थियो ।

अर्का ओपनर टोनी डि जोर्जीले ३१, रिजा हेन्डिक्सले १७ र एडेन माक्ररमले २१ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका राशिद खानले ९ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ५ तथा नङ्गेलिया खरोटले ४ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ५० ओभरमा ४ विकेट गुमाउँदै ३११ रन बनाएको थियो ।

गुरबाजले ११० बलमा १० चौका र ३ छक्कासहित १०५ रनको शतकीय इनिङ खेले । आजमतुल्लाह ओमरजाले ५० बलमा ५ चौका र ६ छक्कासहित ८६ रनमा अविजित रहे । रहमात शाहले ५०, रिआज हसनले २९ र मोहम्मद नाबीले १३ रन बनाए ।

दक्षिण अफ्रिकाका लुंगी एनगिडी, नान्द्रे बर्गर, पिटर र एडेन माक्ररमले १-१ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ६ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com