२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

ठूलो कचौरामा दूध-भात दिएपछि बिरालो छिमेकीको घरमा जान्छ : अध्यक्ष ओली

ठूलो कचौरामा दूध-भात दिएपछि बिरालो छिमेकीको घरमा जान्छ : अध्यक्ष ओली

१४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोको संज्ञा दिएका छन् । ‘ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन,’ आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने ।

उनले आफूले ८० सिट हुँदा पनि पदको लोभ नगरेको तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको र जे पनि गरेको आरोप लगाए ।

उनले पार्टी छाडेर जाने शीर्ष नेताहरूको नामै नलिई पिलो निचोरिएको संज्ञा दिए । ‘पिलो निचोर्दैमा ओजन घट्दैन’ उनले भने, ‘टुप्पाको पात हो भनेर फुर्ति लगाए पनि झरेपछि त्यो मल नै हुने हो । को त्यसरी बिस्तारै झरिरहेको छ, तपाईंहरूले देखिरहनु भएकै छ ।’

अध्यक्ष ओलीले विदेशी शक्तिले आफूलाई लखेटिरहेको बताए । ‘विदेशी शक्ति र देशका प्रतिक्रियावादीहरूबाट सबैभन्दा म बढी लखेटिएको छु,’ उनले भने ।
चीनसँग सहकार्य गरेकोमा भारत रिसाएको उनको संकेत थियो । ‘उत्तरतिर बाटो थिएन मैले बाटो खोलिदिएँ,’ उनले भने, ‘सीमा मिचिएको थियो कोही बोल्न सकेको थिएन । म बोलेँ, नक्सा बनाएँ र त्यसलाई संविधानको अंश पनि बनाइदिएँ ।’ अरु सरकार भए संविधान नै संशोधन गरेर यस्तो काम गर्न नसक्ने उनको तर्क थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com