२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

फस्टलुकमा यस्तो देखियो ‘प्रसाद २’

फस्टलुकमा यस्तो देखियो ‘प्रसाद २’

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । एसजी फिल्मस्सँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै तयार भएको फिल्म ‘प्रसाद २’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फषटलुकमा नायक विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापालाई देख्न सकिन्छ । यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

लभ स्टोरी फिल्म निर्माण माहिर मानिएका सुदर्शन यसपटक सामाजिक कथावस्तु लिएर दर्शकमाझ आउँदैछन् । फिल्मको स्लोगन ‘माया भन्दा ठुलो नै क छ र’ राखिएको छ । यो फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् । सुभाष थापाको प्रस्तुतिमा यो फिल्म तयार भएको हो ।

फिल्म ‘प्रसाद २’ले जातियताको मुद्दालाई उठान गरेको छ । निर्देशक सुदर्शन थापाले फिल्मको कथावस्तुले यसपटक दर्शकलाई झनै आकर्षित गर्ने दाबी गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com