२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

यूएईमाथि नेपालको सनसनीपूर्ण जित, विश्वकपमा छनोट

यूएईमाथि नेपालको सनसनीपूर्ण जित, विश्वकपमा छनोट

काठमाडौँ– आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत आयोजक युनाइटेड अरब इमिरेट्सलाई ७ रनले हराउँदै नेपालले आगामी वर्ष यू–१९ विश्वकप खेल्ने भएको छ ।

छनोटअन्तर्गत विहीबार नेपाल र आयोजक यूएईबीच भएको खेलमा नेपालले यूएईलाई सात रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८।५ ओभर खेल्दै १९२ रनको लक्ष्य दिएको थियो ।

१९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा अल आउट हुँदै १८४ रनमा समेटिएको छ ।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाएका छन् । यस्तै विशाल विक्रम क्षेत्रीले ३८ रन, उत्तम रघु थापामगरले ३६ रन बनाए ।

युएईका ध्रुव पराशरले ३ विकेट लिएका छन् भने आयन अफजल खान र हरित हरिश शेठ्ठीले समान दुई विकेट लिएका छन् । यस्तै हर्शीत शेठ र अमर बडामीले समान १–१ विकेट लिएका छन् ।

१९२ रनको लक्ष्य पछ्याएको युएइले ३० ओभर मा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको छ । युएईका लागि इथान कार्ल डीसोउजाले ५०, आर्यन सक्सेनाले ३४, आर्यन शर्माले ३२, अमार मडामीले १९, ध्रुव पराशरले १७ रन बनाएका छन् । नेपालका लागि दिपेश कँडेलले सर्वाधिक ५ विकेट लिएका छन् । हेमन्त धामी र सुवास भण्डारीले समान २–२ विकेट लिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com