२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

चीनद्वारा अमेरिकालाई ताइवानसँग हतियार कारोबार बन्द गर्न आग्रह

चीनद्वारा अमेरिकालाई ताइवानसँग हतियार कारोबार बन्द गर्न आग्रह

जनसेवा न्युज डटकम संवाददाता

बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार संयुक्त राज्य अमेरिकालाई ताइवानसँग हतियार बिक्री लगायातका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गरेकी छन् । अमेरिकी विदेश मन्त्रालयले बुधबार ताइवानलाई नयाँ हतियार बिक्री गर्ने अनुमति दिएको छ । त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लङ्घन भएको बताएकी छन् ।

‘यस्ता कारोबारले चीनको सार्वभौमसत्ता र सुरक्षालाई कमजोर बनाउँछ र चीन-अमेरिका सम्बन्धका साथै ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई नोक्सान पुर्याउँछ,’ माओले चीनले यस्ता कार्यको दृढतापूर्वक विरोध गरेको उल्लेख गर्दै बताएकी छन् । ‘हामी संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिको मर्मलाई पालना गर्न, ताइवानसँग हतियार बिक्री र सैन्य सम्पर्क बन्द गर्न आग्रह गर्दछ’ उनले भनिन् । साथै प्रवक्ताले यस्ता गतिविधिले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने पनि बताएकी छन् ।

ताइवान चीनको अविभाज्य अङ्ग हो भन्ने कुरामा जोड दिँदै प्रवक्ता माओले ‘ताइवान स्वतन्त्रता’ तर्फ प्रजातान्त्रिक प्रगतिशील पार्टीका अधिकारीहरूको पृथकतावादी गतिविधि र चीनलाई नियन्त्रणमा राख्न ताइवानलाई प्रयोग गर्ने अमेरिकी प्रयास ताइवान स्ट्रेटमा तनावको मूल कारण भएको पनि बताएकी छन्

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com