२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

अन्तरविद्यालय जुनियर छात्र फुटबलमा लोयल्टी च्याम्पियन

अन्तरविद्यालय जुनियर छात्र फुटबलमा लोयल्टी च्याम्पियन

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । आयोजक लोयल्टी एकेडेमी ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्सलाई २–० गोलले पराजित गर्दै ह्याट्रिक गर्नबाट रोक्यो ।

लिटिल एन्जल्स नवौँ संस्करणको पनि विजेता हो । लोयल्टीका लागि दुवै गोल वसन्त राउतले गरे । लिटिल एन्जल्सका स्मिथ राउत उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ८ गोल गरेका लोयल्टीका साहिल राई सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

विद्या संस्कारका प्रहार केसी उत्कृष्ट गोलरक्षक तथा लोयल्टीका सैलेश कर्माचार्य उत्कृष्ट प्रशिक्षक चुनिए । त्रिज्योतिले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

विजेतालाई संघीय सांसद् प्रदीप पौडेल, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँच दिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो पटक प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइएको हो । विगतका १० संस्करण नकआउट पद्धतिमा भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com