२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

एकीकृत समाजवादीका नेता सरोजको पार्थिव शरीर २ घण्टा पार्टी कार्यालयमा राखिने

एकीकृत समाजवादीका नेता सरोजको पार्थिव शरीर २ घण्टा पार्टी कार्यालयमा राखिने

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं पार्टीको इन्जिनियरिङ विभाग इन्चार्ज सरोज उपाध्याय (नेपाल) को पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका सोमबार २ घण्टा पार्टी कार्यालयमा राखिने भएको छ । दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिएका छन् । त्यसपछि आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

शनिबार शङ्खमूलस्थित एक रेष्टुराँको ६ तलाबाट लडेर घाइते भएका उपाध्यायको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा सोही दिन निधन भएको थियो । उपाध्यायको निधनले पार्टीलाई अपूरणीय क्षति भएको एकीकृत समाजवादीले जनाएको छ । सरोज एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाइ हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com