२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

चीनमा सुरु भयो वर्षमानको उपचार

२२ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको उपचार चीनमा सुरु भएको छ ।

लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित वर्षमान उपचार गर्न यही मंसिर १६ गते चीन गएका थिए । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको पुनको सचिवालयले जनाएको छ ।

यसअघि पनि उनको उपचार सोही अस्पतालमा भएको थियो ।

गत वर्ष ललितपुरको जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा उनी थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि उतैबाट चीनको सेनजेन लगिएको थियो । चीनमा उपचार गराएर उनी २०७८ माघ १० गते काठमाडौं फर्किएका थिए ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको धपेडीका कारण स्वास्थ्य समस्या बल्झिएपछि पुनः सेन्जेनस्थित थर्ड पिपुल्स अस्पतालमा लगिएको पुनको सचिवालयले जनाएको छ । वर्षमानसँग उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com