२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

हिमालयन रिको आईपीओ बाँडफाँट : ३० कित्तासम्म मागेजतिले पाए

सर्वसाधारणका लागि जारी भएको हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँट गरिएको छ ।

बिक्री प्रवन्धक एनएमबी क्यापिटलले एक कार्यक्रम आयोजना गरी बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो । आवेदन स्वीकृत भएका सबैले हिमालयन रिइन्स्योरेन्सको आईपीओ पाएका छन् । ३० कित्तासम्म माग गर्नेले माग गरेजति नै पाएका छन् ।

१० कित्ताका लागि आवेदन दिनेले १० कित्ता नै पाएका छन्, २० कित्ताका लागि आवेदन दिनेले २० कित्ता नै पाएका छन् भने ३० कित्ताका लागि आवेदन दिनेले ३० कित्ता नै पाएका छन् । ४० वा सोभन्दा बढी माग गरेहरुमध्ये २९ हजार २१ जनाले ४० कित्ताका दरले पाएका छन् ।

कम्पनीले कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो । यसको नतिजा केही बेरपछि मेरो सेयरको आईपीओ रिजल्ड डट् सीडीएससी डट् कम डट् एनपीबाट हेर्न सकिनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com