२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

भिम सार्कीको अर्धशतकमा नेपालले दियो युएईलाई २३० रनको लक्ष्य

भिम सार्कीको अर्धशतकमा नेपालले दियो युएईलाई २३० रनको लक्ष्य

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई २३० रनको लक्ष्य दिएको छ ।
दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनायो ।

नेपालका लागि भिम सार्कीले ९९ बलमा सर्वाधिक ७० रनको योगदान गरे । उनले ७ चौका हिर्काए । पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलका भिमको यो पहिलो अर्धशतक हो ।

आरिफ शेखले ४३ रनको योगदान गर्दा कुशल मल्लले ३२ रन जोडे । सन्दीप लामिछानेले २७ रन बनाए ।

युएईका जुनैद सिद्धिकीले ३ तथा रोहन मुस्तफा र आर्यन लकराले समान २-२ विकेट लिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com