२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

राष्ट्रपति निर्वाचनबारे सांसदलाई एमालेको अभिमुखीकरण

राष्ट्रपति निर्वाचनबारे सांसदलाई एमालेको अभिमुखीकरण

२२ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रपति निर्वाचनबारे आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदलाई अभिमुखीकरण गराएको हो ।

अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।

उनले राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित भएको बताए । उनले लोकतन्त्रको रक्षा गर्नका लागि सबै राजनीतिक दलसँग एमालेले सहकार्य गर्ने बताए।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा निर्वाचित भए पनि पहिलो दायित्व संविधानको रक्षा गर्ने बताए ।

अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी लगायतको नेताहरूको सहभागी थियो ।

एमालेले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com