२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

प्रधानमन्त्री ओलीले आज सदनलाई सम्बोधन नगर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन नगर्ने भएका छन्।

बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने तय भए पनि अन्तिम अवस्थामा स्थगित भएको हो।

अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा बोल्नेछन्।

विपक्षी दलका नेता प्रचण्ड र सत्तारुढ दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएकाले ओलीले आज बोल्ने कार्यक्रम रोकिएको हो।

यति बेला प्रचण्ड गोरखा पुगेका छन् भने देउवा थाइल्याण्ड पुगेका छन्। आजै फर्किने भए पनि देउवा सदनमा आइनपुग्ने भएपछि ओलीले आज नबोल्ने भएका हुन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com