२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

नेपालले लिग-२ बाटै एकदिवसीय मान्यता जोगाउन घरेलु मैदानमा दुई खेल जिते पुग्ने

नेपालले लिग-२ बाटै एकदिवसीय मान्यता जोगाउन घरेलु मैदानमा दुई खेल जिते पुग्ने

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईमा खेलिएको आफ्नो आठौं एकदिवसीय त्रिकोणात्मक सिरिजका चार मध्ये तीन खेलमा जित हात पार्‍यो।

नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी) बीचको दुबईमा भएको सिरिजमा नेपालले पिएनजीविरुद्धका दुवै खेलमा जित हात पार्‍यो। युएईविरुद्धको पहिलो खेलमा भने नेपालले कमजोर ब्याटिङका कारण पराजित भयो।

सोमबार दुबईमा भएको युएईविरुद्धको दोस्रो खेलमा पनि नेपाल कमजोर ब्याटिङको सिकाइ भइसकेको थियो।

नेपालले १७/१ ओभरमा ६८ रन जोड्दा पाँच महत्वपूर्ण विकेट गुमाएको थियो। तर पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीले ९९ बल खेल्दै ७ चौकासहित ७० रन बनाएरपछि नेपाललाई राहत मिलेको थियो।

भीमले ४३ औं ओभरको तेस्रो बलमा रोहन मुस्ताफाको बलमा बोल्ड हुनुअगाडि सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गरे भने आरिफ शेखसँग पनि ५६ रनको साझेदारी गरे। उनले आरिफ र सन्दीपसँग गरेको साझेदारीले नेपालको स्कोर बढेको थियो। जसका कारण नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनायो।

नेपालका लागि कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए। यस्तै करण केसीले ११ बलमा १७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ११, आरिफ शेख ६, रोहित पौडेल १ र दीपेन्द्र सिंह ऐरीले ४ रन बनाए। आरिफ शेखले नटआउट ४३ रन बनाउँदा प्रतिश जिसीले नटआउट ११ रन बनाए।

२३० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको युएईको नेपालले दोस्रो बलमै विकेट लिएको थियो। कप्तान मोहमद वासिमलाई सोमपाल कामीले बोल्ड गर्दा नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। तर त्यसपछि आसिफ खान र आर्यन लक्राले २३/४ ओभरसम्म साझेदारी गरे। उनीहरुबीच दोस्रो विकेटका लागि ९४ रनको साझेदारी हुँदा नेपालमाथि दबाब बढेको थियो।

आर्यनलाई २४ ओभरको चौथो बलमा दिपेन्द्रसिंह ऐरीले आउट गरेपछि नेपाललाई रहात मिलेको थियो। तर आसिफ भने मैदानमा टिकिरहे। नेपालले युएईको ६ विकेट लिँदासम्म उनी ब्याटिङ गरिरहेका थिए। ४२ ओभरको पहिलो बलमा ऐरीले नै आसिफलाई आउट गर्दा नेपालले सातौं सफलता मात्र हात पारेन जिततर्फ अग्रसर भएको थियो।

नेपालले युएईलाई ४५ ओभरमै १८७ रनमा आउट गर्दै ४२ रनको जित निकाल्यो। जितसँगै नेपाल लिग-२ को पाँचौ स्थानमा उक्लिएको छ।

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग(२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ।

पाँचौ स्थानमा उक्लिएको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा झरेको छ। पुछारको ‍पिएनजीको ३२ खेलबाट ९ अंक छ।

अब नेपाल, युएई र पिएनजीबीच नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ। यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये दुई खेल जिते नेपालको लिग-२ बाटै एकदिवसीय मान्यता जोगिनेछ। चारै खेलमा हात पारे नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

यसअघि नेपालले फागुन पहिलो साता घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियाबीच खेलिएको सिरिजको चारै खेलमा जित हात पारेको थियो। घरेलु मैदानको फाइदा लिन सके नेपालले कम्तिमा पनि एकदिवसीय मान्यता जोगाउन सक्नेछ भने उत्कृष्ट खेल देखाए विश्वकप छनोटमा पुग्नेछ।

नेपालमा हुने लिग-२ को अन्तिम सिरिजमा नेपालले फागुन २५ मा पिएनजी, फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com