२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

पीएम कपः सुदूरपश्चिमद्वारा एपीएफ स्तब्ध

पीएम कपः सुदूरपश्चिमद्वारा एपीएफ स्तब्ध

काठमाडौँ – सुदूरपश्चिम प्रदेश पीएम कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘ए’ को विजेता बनेको छ । सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा मंगलबार नेपाल एपीएफ क्लबलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिम समूहको विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्‍यो । एपीएफ भने समूहको उपविजेता बन्यो ।

मंगलबार एपीएफले दिएको ९२ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । सुदूरपश्चिमकी डोली भट्टले ३३ रन जोडिन् । एपीएफकी नेरी थापाले सर्वाधिक ३ विकेट हात पारिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन जोड्यो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक २६ रनको योगदान गरिन् । रोमा थापाले १५ रन जोडिन् ।

सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक ३ तथा रितु कनौजियाले २ विकेट लिए । कविता कुँवर र मनिषा चौधरीले एक(एक विकेट हात पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com