पीएसजीका पूर्व मिडफिल्डरको हृदयघातका कारण निधन

पीएसजीका पूर्व मिडफिल्डरको हृदयघातका कारण निधन

काठमाडौँ । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र क्यामरुनका मिडफिल्डर मोडेस्टे एमबामीको हृदयघातको कारण मृत्यु भएको छ । एमबामीको ४० वर्षको उमेरमा निधन भएको सीएनएनले जनाएको छ ।

पीएसजीका लागि सन् २००४ / २००६ मा फ्रेन्च कपको उपाधि जितेका एमबामीले सन् २००० मा क्यामरुनलाई ओलम्पिकमा स्वर्ण दिलाएका थिए ।

एमबामीले सन् २००३ देखि तीन सिजन पीएसजीका लागि खेलेका थिए । उनले थप तीन वर्ष फ्रेन्च क्लब ओलम्पिक डी मार्सेलका लागि खेलेका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X