२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

बैंकिङ कसुर आरोपमा पूर्वबैंकर सिर्जना खड्का पक्राउ

बैंकिङ कसुर आरोपमा पूर्वबैंकर सिर्जना खड्का पक्राउ

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । चितवनको नारायणी डेभलपमेन्ट बैंकको पूर्व ब्रान्च मेनेजर सिर्जना खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिए ।

नारायणी डेभलपमेन्ट बैंकको भरतपुर ब्रान्चको मेनेजर पदबाट राजीनामा दिएकी खड्का काठमाडौँको कोटेश्वरबाट पक्राउ परेकी हुन् । खड्काले लक्ष्मण थापा क्षेत्रीलाई दिएको ३३ लाखको चेक बाउन्स भएको छ ।

भरतपुर महानगरपालिका स्थायी बसोबास भएका बैंकका सेवाग्राहीसँग बहाना बनाएर खड्काले रकम लिएको पीडितले बताए ।

भरतपुर ब्रान्चको मेनेजर खड्काले रकम ठगेको घटना बाहिरिएसँगै बैंकबाट राजीनामा दिएकी थिइन् । अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ अनुमति जारी भएसँगै राजीनामा दिएर उनी फरार भएकी हुन् ।

महोत्तरीको बर्दिबास नगरपालिका–५ घर भएकी खड्काले बैंकमा कारोबार गर्दै आएका लक्ष्मण थापा क्षेत्रीसँग २०७९ मंसिर २५ मा ३३ लाख लिइन् । भाइलाई अष्ट्रेलिया पठाउन ‘एक दिनका लागी स्टेटमेन्ट देखाउनु पर्ने भो’ भनेर आफूसँग ३३ लाख नगद लिएको पीडित क्षेत्रीले रातोपाटीलाई बताए । आफ्नो श्रीमान् विदेश भएको हुनाले तत्काल पैसा मगाउन समय लाग्ने कारण देखाएर उनले क्षेत्रीसँग पैसा मागिन् । पैसा लिएपछि उनी फरार भइन् ।

‘बैंक मेनेजरको विश्वासमा परेर मैले २०७९ मंसिर २५ मा ३३ लाख उहाँकै खातामा डिपोजिट गरिदिएको थिएँ’ क्षेत्रीले रातोपाटीसँग भने–‘बैंकबाट ऋण मिलाउन सहयोग गर्छु भनेर पैसा लिएपछि उहाँ सम्पर्क विहीन हुनुभयो ।’

जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ । उच्च अदालत पाटनले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

बैंक स्रोतका अनुसार २०७९ पुस ३ मा ३१ वर्षीया खड्काले बैंकबाट राजीनामा दिएकी हुन् । पुस २५ मा उच्च अदालत पाटनले उनीविरुद्धपक्राउ पुर्जी जारी गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com