२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सुनको जलहरी निर्माणका क्रममा अनियमितता भएको उजुरी परेपछि :अध्यक्ष ओली तर्सियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताएका छन् । आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको उनले बताए ।

धान दिवसको कार्यक्रममा सहभागी हुन बिहीबार चितवन पुगेका उनले सञ्चारकर्मीहरुसँग भने, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको । अलिक दिन त्यसले पनि मार्केट पायो ।’

अलिक पछि त्यो सुन नै नचढाएको भन्ने थाहा भएको उनले बताए । एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘अलिक पछि ११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला तौलिएपछि । यो मेरो विषय हो र तपाईहरुले मलाई सोधेको ?’

पशुपतिनाथमा सुनको जलहरी निर्माणका क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । छानबिनका क्रममा १० असारमा जलहरीको तौल र गुणस्तर मापन गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com