२०८१ बैशाख ३१ - Mon May, 2024 -

Janasewa News

प्रचण्डमाथिको मुद्दा जनयुद्ध माथिको आक्रमण हो, कुनै पनि जवाफ दिन तयार छौं : विप्लव

प्रचण्डमाथिको मुद्दा जनयुद्ध माथिको आक्रमण हो, कुनै पनि जवाफ दिन तयार छौं : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवु ले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिहरूलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाइएको बताएका छन् ।

शुक्रबार चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताए । उनले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरू तयार रहेको उल्लेख गरे ।

उनले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगत रूपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्वीकार गर्ने प्रवृतिसँग सम्बन्धित रहेको उल्लेख गरे । महासचिव विप्लवले सो मुद्दालाई आफूहरूले अस्वीकार गर्ने बताए ।

महासचिव चन्दले प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिला मात्रै नभएर राज्य र जनताको मामिला भएको भन्दै आफूहरू त्यसको प्रतिरोधमा उत्रेको बताए । उनले माओवादी घटकहरू एक हुने सम्भावना रहेको र त्यसको निम्ति छलफल पनि भइरहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com